Logo

भारतमा राष्ट्रपति भण्डारीलाई ठूलो सम्मान



आपसी सम्बन्ध अझ सुदृढ हुने राष्ट्रपति भण्डारीको विश्वास
नयाँदिल्ली, ५ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।

पाँच दिने भ्रमणनका लागि पुगेकी राष्ट्रपति विद्यायादेवि भण्डारी लाई भ्रमणको दोस्रो दिन आज मंगलबार ठुलो सम्मान दिएको हो

भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।

उनले भनेका छन्(‘घनिष्ठ छिमेकिलाई विशेष सम्मान । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन फोरकोर्टमा आलंकारिक स्वागत ग्रहण गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि पत्रकारसँग संक्षीप्त प्रतिक्रिया दिँदै उहाँले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गर्नुभयो । सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो ।

त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्