Logo

निर्णय पुर्नविचार नभए कठोर निर्णय गर्न बाध्य हुन्छौं : थापा



शरद रेग्मी : दाङ ५, वैशाख । राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गरेका छन् ।

रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनि विरोध गरेका हुन ।

उनले भनेका थिए‘हामी निर्वाचन आयोगको एक पक्षिय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुर्नंविचार नभएर जस्तो सुकै कठोर निर्णयगर्न बाध्य हुनेछौं।’ उप–प्रधानमन्त्री थापाले आँफुहरुको माग सम्वोधन भएको खण्डमा आँफुहरु सरकार र निर्वाचन दुबैमा सहभागि नहुने शंकेत गरेका थिए ।

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका थापाले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने धारणा राखेका उनले त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त हुने धारणा राखेका थिए । ‘धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यि मान्यता संविधान अनुकल छन् ।’

थापाले चेतावनीको शैलिमा भनेका थिए ‘एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।’ तर उनले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मिति मै निर्वाचन हुनेमा आशंका व्यक्त नगर्न आग्रह पनि गरेका थिए ।

उनले मधेसी मोर्चापनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने धारणापनि व्यक्त गरेका थिए ।

यसैबीच राप्रपाले प्रदेश नम्वर ५ स्तरीय चुनावी सभा तथा पार्टीको बिधानमा उल्लेख गरिएको वाक्याश निर्बाचन आयोगले हटाएको बिरोधमा आज मंगलबार मध्यान्ह् तुलसीपुरमा बिरोध सभा गरेको छ ।

आफ्नो बिधानमा उल्लेख गरिएको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्ने वाक्यांश निर्वाचन आयोगले हटाएको बिरोधमा आन्दोलनरत सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलीत भएको हो । उसले चुनावी सभा र बिरोध सभा एकै साथ गर्न लागेको राप्रपा श्रोतले जनाएको छ ।

सभालाई राप्रपाका अध्यक्ष कमल थापा, पूर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पार्टीका पूर्ब अध्यक्ष पशुपतिशम्शेर राणा लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नु जिल्ला अध्यक्ष भएको छ ।

तुलसीपुर स्थीत बाहिनी चौकमा आयोजना गरिएको सभामा पार्टीका केन्द्रीय सदस्य एबम अभिनेत्री रेखा थापा र केन्द्रीय सदस्य एबम गायीका कोमल वलीले सम्बोधन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्