Logo

४१ लाख राजस्व सङ्कलन



सल्यान, ५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७३/ ७४ को नौ महिनाको अवधिमा रु ४१ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जगदिशकुमार ऐरका सो अवधिमा सात हजार १४९ सवारीचालक कारबाहीमा परेका छन् । गत आवको सो अवधिमा १० हजार ६३१ सवारीचालकलाई कारबाही गरी रु २९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।

नौ महिनाको अवधिमा सबैभन्दा बढी दुई हजार नौ सय तीन मोटरसाइकलचालकलाई कारबाही गर्दा रु १७ लाख ५३ हजार, ६८३ बसचालकबाट रु चार लाख २३ हजार, ९५३ ट्रकचालकबाट रु पाँच लाख ८२ हजार, एक हजार दुई सय ५० जिप÷कारचालकबाट रु ६ लाख ८३ हजार तथा एक हजार तीन सय ६० ट्याक्टरचालकबाट रु सात लाख चार हजार राजस्व सङ्कलन गरिएको ऐरले बताउनुभयो ।

चालु आवको नौ महिनामा सवारी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । रासस



प्रतिक्रिया दिनुहोस्