Logo

ज्वाइँ-ससुरा नै निर्वाचनमा प्रतिस्पर्धी



काठमाडौं ६ बैशाख । भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्वाचनमा पारिवारिक सदस्यसमेत एक अर्काका प्रतिस्पर्धिमा देखिने भएका छन् । नगरपालिकाको सात नम्बर वडामा ससुरा र ज्वाइँ दुवै वडा अध्यक्षमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

एमालेले ७ नम्बर वडामा पार्टीको वडा अध्यक्ष रहेका गणेश चन्दलाई सर्वसम्मत रुपमै वडा अध्यक्षका लागि अघि सारेको हो । त्यही वडाबाट कांग्रेसका गजेन्द्र चन्दले टिकट पाउने लगभग पक्का भएको छ । उनीहरु नातामा ससुररा र ज्वाइँ हुन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम