Logo

आठ करोड लिएर बैंकका प्रबन्धक भागे



काठमाडौं ६ बैशाख । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् ।

ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनालले करिब आठ करोड रुपैयाँ लिएर फरार भएको अनुमान प्रहरीको छ । बैंकले ठूलो रकम ठगी भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेको छ । आजको नागरिकमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्