Logo

गायिका माझीको “मेरो खुशी” बजारमा (भिडियोसहित)



काठमाडौ, ६ बैशाख । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका बिष्णु माझीको स्वरमा नयाँ लोक भाका बजारमा आएको छ ।

उनले स्वर दिएका अनेकन गीतहरु दर्शक श्रोताले रुचाएका छन् । २०७४ सालको सुरुवातमा गायिका माझिले स्वर दिएको मेरो खुसी बोलको गीतमा बिष्णु माझीलाई आशिष बि.सीले स्वरमा साथ दिएका छन्।

मनिष पुन मगरको लोकगीत मेरो खुशीको म्युजिक भिडियो रोदन म्युजिक प्रा.लिबाट सार्बजनिक गरिएको हो । लय, शब्द मनिष पुन मगरको रहेको उक्त गीतको छायांकन टोखामा गरिएको हो ।

प्रविन थापाको निर्देशन रहेको उक्त गीतमा चर्चित नायक बिनोद श्रेष्ठ र रेजिना कान्छीको अभिनय रहेको छ । यस गीतको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्