Logo

काठमाडौंमा हुने साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ कार्यक्रमको तयारी पूरा



देशको विकासको लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्छ : धमला
काठमाडौं, ६ बैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टको मास्टर्स इन बिजनेस एडिमनिसट्रेसन नवौं ब्याचको आयोजनामा यही जेठ ३ गतेदेखि काठमाडौंमा साताव्यापी ‘‘म्यानेजमेन्ट ब्रेक २०१७’’ नामक कार्यक्रम हुने भएको छ ।

बुधबार आयोजकले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी दिईएको हो । आयोजकका अनुसार उक्त कार्यक्रम किर्तिपुरस्थित्, त्रिभुवन विश्वविद्यालयको हाताभित्र हुने छ । कार्यक्रम जेठ ३ गतेदेखि १० गतेसम्म चल्नेछ ।

कार्यक्रको मुख्य उद्देश्य व्यवसाय र व्यवस्थापन क्षेत्रका विद्यार्थीहरुको चेतना अभिवृद्धि, आपसी सहकार्य र व्यवहारिक समस्या समाधानको क्षमता विकास, रोजगारदाता र विद्यार्थीबीच रहेको दुरी कम गर्ने, विद्यार्थीमा उद्यमशिलताको विकास गर्ने रहेको आयोजकले दाबी गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले आयोजक साथीहरुलाई निकै उपलब्धिमुलक कार्यक्रम गर्न लागेको भन्दै प्रशंसा गरे । उनले आयोजक मित्रहरुलाई युवा पुस्ता भएकोेले यही पुस्ताले देशलाई खासगरी आर्थिक विकास गर्न सक्ने समेत बताए ।

उनले अब हुने स्थानीय तहको निर्वाचनमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै युवाहरु नेतृत्वमा आए देशको विकास हुनेमा जोड दिए ।
विभिन्न खेलहरु, कार्यशाला र प्रतियोगिता समावेश गरिएको उक्त कार्यक्रममा बास्केट प्रतियोगिता, “Qfiesta” नामक हाजिरी जवाफ प्रतियोगिता, लेन्स भिउ नामक फोटोस्टोरी प्रतियोगिता हुनेपनि आयोजकले जनाएको छ । त्यस्तै वादविवाद प्रतियोगिता पनि हुने जनाइएको छ ।

कार्यक्रमका संयोजक राजन गुप्ताले विश्वविद्यालयको अध्ययन सकिने बित्तिकै विद्यार्थीले बिना कुनै समस्या आफूले रोजेको रोजगारी पाउन भन्ने हेतुले उक्त कार्यक्रममा “know where you fit” नामक रोजगारदाताहरुको भेला र प्रर्दशनी जब फेयर पनि हुने बताए ।

त्यस्तै उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा “Discover what’s possible” र टे«ण्डिङ् नाउ नामक विचार विमर्श रहेको आयोजकले बतायो ।

आयोजकका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उधेश्यले रक्तदान, पुस्तक सहयोग र प्रभातफेरि कार्यक्रम समेत राखिएको छ ।कार्यक्रममा व्यवस्थापक मनोज पञ्जियारले नेपालमा एमबिए कलेजहरुकोबीचमा मुलुककै जेठो विश्वविद्यालय सोमटियु मार्फत दिने एमबीए डिग्रीको छुट्टै पहिचान रहेकोले यस्ता कार्यक्रमहरुले आजका विद्यार्थीहरुलाई भोलिका दक्ष कर्णधारको रुपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गरे ।

कार्यक्रमको उद्धघाट्नको पहिलो दिन ओपेनिङ् सेरोमेनी र ब्लड डोनेसशन हुने, दोस्रो दिन इन्ट्रा कलेज टक शो हुने, तेस्रो दिन जब फेयर (ईन्ट्रा कलेज जब फेयर ईभेन्ट) हुने, चौथो दिन इन्टर एम बिए कलेल क्विज कम्पिटिशन हुने, पाँचौ दिन ओपेन डिबेट, छैटौं दिन लेन्स भिउ(इन्टा« कलेज फोटो स्टोरी कम्पिटिशन), सातौं दिन डिस्कभर ह्वाट पोसिबल नामक खुल्ला प्रतियोगिता हुने र कार्यक्रमको अन्तिम दिन पुरुस्कार राशी वितरण हुनेछ ।

प्रतियोगिता अन्र्तगर्त बल फर कज (बास्केटबल) अन्तर एमबीए कलेज प्रतियोगिता को प्रथम पुरुस्कार ५१ हजार प्लस ट्रफी रहनेछ । त्यस्तै दोस्रो हुनेलाई रु २५ हजारसहित ट्रफी रहेको छ । यो विद्याको लागि प्रवेश शुल्क १५ हजार प्रति टिम रहेको छ ।

त्यस्तै क्विफिस्टा नामक अन्तर एमबीए कलेज क्विज प्रतियोगिताको प्रथम पुरुस्कार २१ हजार प्लस मेडल रहेको छ, द्धितिय हुनेलाई दश हजार सहित मेडल, र तेस्रो हुनेलाई ५ हजारसहित मेडल रहेको छ । यो प्रतियोगिताको प्रवेश शुल्क प्रति टिम रु ५ हजार रहेको छ ।

त्यस्तै वार्स, विट्स एण्ड वार नामक प्रतियोगिताको प्रथम विजेतालाई ५ हजार एक सयसहित मेडल र दोस्रो हुनेलाई दुई हजार एक सय सहित मेडल रहेको छ । यो प्रतियोगितामा प्रवेश शुल्क प्रति टिम पाँच सय रहेको छ । त्यस्तै म्याड एडमा बेष्ट एडभटाईजमेन्ट लागि १२ हजार रहेको छ । यसको लागि प्रवेश शुल्क निःशुल्क छ ।

त्यस्तै लेन्स भिउ प्रतियोगितामा बेष्ट भिडियोको लागि नगद दश हजार पुरुस्कार रहेको छ । यो प्रतियोगिताको प्रवेश शुल्क ५ सय रहेको छ ।

त्यस्तै डिस्कभर ह्वाटस् पोसिवल अन्र्तगत बेष्ट आईडिया अवार्ड विथ ट्रफी रु ११ हजार नगद दिईनेछ भने यसको लागि निःशुल्क दर्ता रहेको छ ।

कार्यक्रम संयोजक अमृत अर्यालले आफूहरुको कार्यक्रमलाई सहयोग गर्न मिडियालाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्