Logo

मधेशी मोर्चाका दलहरुवीच भोलि एकता घोषणा हुने



काठमाडौं, ६ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध मधेश केन्द्रित दलहरुवीच विशेष कार्यक्रमकावीच एकता घोषणा हुने भएको छ ।

राजनीतिक दलसम्बन्धी विद्येयकमा न्यूनतम तीन प्रतिशत थे्रेस होल्ड राखेसँगै मोर्चामा आवद्ध दलहरुवीच एकताको प्रयास भैरहेको थियो । यो प्रयासले अब सार्थक रुप लिने भएको छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा मोर्चाका नेता समेत रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले भोलि एकता घोषणा हुने खुलासा गरे । उनले भने,“हामीहरुवीच भोलि एकता घोषणा हुँदैछ, यसको सम्पूर्ण तयारी भैसकेको छ ।”

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बाहेक मोर्चामा आवद्ध महन्थ ठाकुराको तमलोपा, अनिल झाको सद्भावना पार्टी, राजकिशोर यादवको फोरम गणतान्त्रिक, भण्डारी नेतृत्वको रामसपा, महेन्द्र यादव नेतृत्वको पार्टी लगायतका पार्टीहरुवीच एकता हुने भएको ।

केही समय अघिमात्रै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मधेश केन्द्रित दलहरुवीच एकता गर्ने कुरा समय र जनताको माँग भएकाले मधेश केन्द्रित दलहरुको एकता आवश्यक रहेको भनेका थिए । यादवले साथै, अब सबै मधेशी दलवीच एकता हुने र  एउटै पार्टी र एउटै झण्डा समेत हुने जिकिर गरे थिए ।



प्रतिक्रिया दिनुहोस्