Logo

बालाजु लायन्स र लियोबीचको मैत्रिपूर्ण फुटबल सम्पन्न



काठमाडौं ७ बैशाख । ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने साथ सुरु भएको लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको हो । लायन्स क्लब अफ बालाजुका प्रेसिडेन्ट लायन राजु खडकाको नेतृत्वमा रहेको लायन्सहरुको टिम र लियो क्लब अफ बालाजुका प्रेसिडेन्ट प्रज्वलरत्न शाक्यको नेतृत्वमा रहेको लियोहरुको टिमबीच काठमाण्डौ क्षेत्रपाटीस्थित कुमारी पाटीमा उक्त खेल सम्पन्न भएको हो ।

‘सय दिनमा सय काम’ अभियान अन्तर्गत आज ६ गते भएको मैत्रीपूर्ण फुटबल सफलतापूर्वक सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बालाजुले नयां वर्षको अवसरमा आप्mना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि लागि उक्त मैत्रिपूर्ण खेलको आयोजना गरिएको लायन्स क्लब अफ बालाजुका अध्यक्ष राजु खडकाले जानकारी दिए । खडकाले खेलकुदबाट लायन्स र लियोबीचको सम्वन्ध अभैm प्रगाढ हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्