Logo

मेसीको पनि केही लागेन्, बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम



काठमाडौं, ७ वैशाख । स्पानिस जायन्ट क्लब बार्सिलोनाको च्याम्पियन्स लिग फुटबलको यात्रामा पूर्णविराम लागेको छ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्ण्विराम लागेको हो ।

पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा पुनरागमन गर्ने प्रयास गरेको हो । तर युभेन्टसको अपेक्षाकृति रक्षात्मक प्रदर्शनले बार्सिलोनाको प्रयास सफल हुन सकेन ।

गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन ।

लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्ने प्रयास गरे । तर उनीहरुको प्रहार गोलमा परिणत भने हुन सकेन । बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको हो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्