Logo

चुनावको प्रधाव इन्धनमा : यसकारण सर्वसाधारण बस्नुपर्छ लाइन



काठमाडौं ७ बैशाख । आपूर्तिमा कुनै अवरोध छैन । आयल तिगमका अधिकारी भन्छन् ‘आवश्यकता अनुसार इन्धन आपूर्ति भइरहेको छ ।’ आजको कान्तिपुरमा खबर छ ।

पेट्रोल पम्प सञ्चालकहरुका नेता भन्छन् ‘आधा पम्पमा इन्धन छैन’ तर, यो साताको सुरु भएदेखि नै राजधानीका सर्वसाधारणले लाइन नबसी इन्धन पाएका छैनन् । एक दुई दिन बिदा हुने बित्तिकै लाइन बस्न बाध्य हुन्छौं बसुन्धारा प्रहरी पम्पमा भेटिएका श्याम बर्तौलाले भने, ‘सरकारका कारण उपभोक्ताले दुख पाएका छन् ।’ ‘अहिले इन्धन अभाव हुनुमा निगम र व्यवसायीकै ठूलो हात छ । निगमले वितरण गरेको दावी गरेपनि तेल बजारभन्दा अन्य क्षेत्रमा गएको छ ।’

‘पम्प सञ्चालकहरुले पनि चुनावकै लागि सञ्चय गरेका छन् ।’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।



प्रतिक्रिया दिनुहोस्