Logo

पर्यटन प्रवद्र्धनमा थप सहयोगका लागि चीनसँग आग्रह



चीन सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको : राजदूत होङ

काठमाडौँ, ७ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाल–चीन उद्योग वाणिज्य सङ्घ र यहाँस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले संयुक्त रुपमा आज आयोजना गरेको ‘नेपाल र चीनबीच पर्यटन प्रवद्र्धनमा रेशममार्ग’ विषयक छलफलमा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।

नेपालको अपार जलस्रोतको विकासमा चीनको सहयोग हामीले अपेक्षा गरेका छौँ भन्दै उहाँले बन्द भएको कोदारी मार्ग शीघ्र सञ्चालनका निम्ति चीनसँग आग्रह गर्नुभयो । छिमेकी मुलुकका सुरक्षा चासो नेपालले बुझेको बताउँदै कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता पनि मन्त्री गिरीले व्यक्त गर्नुभयो ।

साथै उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका वाणिज्य तथा पारवहन सन्धि कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभयो ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालको प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर कैयाँै चिनियाँ पटक–पटक नेपाल आउने गरेका दृष्टान्त प्रस्तुत गर्दै लुम्बिनी क्षेत्र आफ्नो देशका नागरिकको प्रमुख गन्तव्य बनेको बताउनुभयो ।

उहाँले चीन सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको बताउँदै त्यसमा आफूले पनि सक्दो सहयोग गरिरहेको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्ने लाखौँलाख चिनियाँलाई नेपाल पनि पठाउने व्यवस्था मिलाउन तिब्बत सरकारका साथै केन्द्रीय सरकारसँग आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्