Logo

मधेसवादी पाँच दल एक हुँदै, उपेन्द्र आउट, नामबाट ‘मधेस’ शब्द हटाइयो



दिउँसो १ बजेदेखि ३ बजेसम्म अमृत भोगमा पार्टी एकता 

काठमाडौं ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध पाँचदलबीच एकता हुने भएको छ । मोर्चामा रहेका सात दलमध्ये पाँच दलबीचमा एकीकरण हुन लागेको हो । संघिय समाजवादी फोरम नेपाल र अनिलकुमार झाको नेपाल सद्भावना पार्टीलार्य छाडेर एकता हुन लागेको हो । पार्टी एकतापछि साझा अध्यक्ष मंडल बन्ने छ । बरियता महत्न ठाकुर पहिलो बनाइनेछ । एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने छ । पार्टी अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय छ ।

साझा नेतृत्वका रुपमा अध्यक्ष मंडल बनाउने सहमति भएको एक नेताले जानकारी दिए । बरियताका र नेतृत्व प्रणालीका विषयमा सहमति भएपनि आजै एकताको घोषणा गर्ने तयारी छ । तमलोपा, सदभावना, फोरम गणतान्त्रिक, मधेस समाजवादी, मधेस सदभावना पार्टीबीच एकता हुन लागेको हो ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक मान्नेमा सहमति भएपनि त्यसपछिको बरियतामा कुरा मिलेको छैन ।एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ शक्तिमा लाग्ने भएपछि अरु दल एक भएका छन् । दिउँसो १ बजेदेखि ३ बजेसम्म अमृत भोगमा पार्टी एकताको घोषणा गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्