Logo

गायक विष्टको ‘झुमी झुमी नाचिदेउ’ बजारमा



काठमाडौं, ७ बैशाख । पछिल्लो समयमा युवाबर्गलाइ लक्षित गरेर राजेन्द्र विष्टको झुमी झुमी नाचिदेउ“भन्ने नयाँ गीत यतिबेला बजारमा आएको छ ।

राजेन्द्र बिस्टको आवाजमा रहेको ‘झुमी झुमी नाचिदेउ’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली गीत संगीतको बजारमा चर्चित गायक भनेर चिनिदै राजेन्द्र बिष्टको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरु बजारमा ल्याएर सबैको मन जित्दै आएका छ्न।

उनले विशेष गरि सबैले मन पराउने डेउडा, लोक पप, लोक दोहोरी गित गाउदै आएका छ्न।
सुमधुर स्वरका धनी राजेन्द्र जति स्वरको धनि त्यति नै मिलनसार पनि छ्न। पछिल्लो समय विभिन्न सुदुरको सान डेउडा, लोक दोहोरी, लोक पप डान्सिङ गीतमा सफलता हासिल गर्दै आएका छन ।

विष्टको शब्द सङ्गीत स्वर रहेको गीतमा केसब बडुको एरेन्ज रहेको छ । दिपेन्द्र सन्ज्याल, राज बिस्ट, सुप्रिया खड्का, लिला गिरिको अभिनय रहेको छ ।

करन चैसरले छायांकन गरेका छन भने अनिश लामाले भिडियो निर्देशन गरेका छन । भिडियोलाई कृष्ण पान्डेको सम्पादन रहेको यसै भिडियोलाइ आफ्नै युटुब च्यानल राजेन्द्र बिस्टले बजारमा ल्याएका हुन ।



प्रतिक्रिया दिनुहोस्