Logo

कसैको त जिन्दगी फेरिन्छ वालुवामा : सागर श्रेष्ठ ‘बैरागी’



काठमाठौं, ७ बैशाख । नेपाली साहित्यको विकासमा नेपाली गजलको प्रभावकारी भूूमिका रहेको नेपाली गजलकारहरुको हिसाब छ । आजको सिर्जना र साहित्यमा सागर श्रेष्ठ ‘बैरागी’को गजल

गजल

कसैको त जिन्दगी फेरिन्छ वालुवामा ।
कसैको त जिन्दगी मेटिन्छ वालुवामा ।।

सपनाहरु पुरा हुन, नहुन मतलव छैन ।
त्यहि पनि सपनाहरु देखिन्छ वालुवामा ।।

आँखाको गहभरि आशु गराइ पत्थर ।
यो मनलाइ बनाइ टेकिन्छ वालुवामा ।।

परिवारको मुहारमा खुसी देख्नलाइ ।
जिन्दगी वन्धिमा राखिन्छ वालुवामा ।।

पलपल घरसँगै देशको याद आउदा ।
पटक पटक मरेर वाचिन्छ वालुवामा ।।
सागर श्रेष्ठ ‘बैरागी’
सन्धिर्खक अर्घाखाँची



प्रतिक्रिया दिनुहोस्