Logo

कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने : रक्षामन्त्रि खाँड



नेत्र प्रसाद मरासिनी, अर्घाखाँची ७ बैसाख । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्रि बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गरेका छन् ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै नेता खाँडले मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै मधेसवादी दल निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताए ।

मन्त्री खाँडले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिए ।

उनले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर निर्वाचन हुने विश्वास ब्यक्त गरेका छन् । जनताका सबै खाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए । यस्तै आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा एक भएर लाग्न आग्रह पनि गरेका छन् ।

बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन स्वच्छ र भयरहित बनाउनको लागि नेपाल सरकारले नेपाल प्रहरी ,शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिने बताएका छन् ।

साथै मैना सुनार हत्या प्रकरणमा सर्वोच्चले दोषी ठहर गरेकाहरुलाई सरकारले कारवाही गर्ने बताए । त्यस्तै प्रदेश नम्बर ५ लाई अलग गराउन नहुने सदन र सरकारको ध्यान आकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्