Logo

‘निर्वाचन आमालाई घुक्र्याएर भात खान्न भनेजस्तो कुरा होइन’ : ओली



काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा चुनावमा भाग लिन्न भनेर भात खान्न भनेर आमालाई घुक्र्याएजस्तो गर्न नहुने बताएका छन् ।

उपचार सकेर आज स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै अध्यक्ष ओलीले भने,‘आमालाई घुक्र्याएर भात खान्न भनेजस्तो कुरा होइन’ ओलीले भने, ‘चुनाव मार्फत नै आफूले उठाएका कुरा ठीक हुन् कि बेठीक हुन् परीक्षण हुन्छ ।’

त्यस्तै उनले आफू नभएको बेला कांग्रेसको राम्रो नाच देखाएको समेत टिप्पणी गरे । उनले भने,‘यो बीचमा काँग्रेसको नृत्य पनि उल्लेखनीय राजनीतिक घटना हो भन्ने मलाई लाग्छ, मैले नृत्य हेरेँ राम्रै लाग्यो ।’

उनले बैशाख ३१ गतेका लागि तोकिएको चुनावबाट दायाँबायाँ गर्न नमिल्ने वताए । चुनावमा लाग्ने बेला संविधान संशोधनको लफडामा लाग्न नहुने ओलीले वताए ।

ओलीले मधेसकेन्द्रित दलहरुको एकताप्रति सकारात्मक प्रतिक्रिया दिँदै भने,‘फुट्ने भन्दा जुट्ने काम निकै राम्रो हो, जो जो एकतामा लागिरहेका छन् म त्यसलाई सकारात्मक ठान्छु’

ओली नियमित स्वास्थ्य परीक्षणका लागि ९ दिनअघि बैंकक गएका थिए ।



प्रतिक्रिया दिनुहोस्