Logo

राप्रपा निर्वाचनमा भाग लिन्छ, आयोगको निर्णय स्वागतयोग्य : पाठक



काठमाडौं, ७ बैशाख । राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै आफ्नो पार्टीले निर्वाचनमा भाग लिने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आयोगको निर्णय ठिक छ, तर यो निर्णय पूर्ण रुपमा सच्याउनुपर्छ, अहिले त आयोगले स्थगन् गरेको हो ।’

आयोगको निर्णयसँगै पार्टीले अघि सारेका संघर्षका कार्यक्रमहरु समेत आफूहरुले फिर्ता लिएको उनले जानकारी दिए । यद्धपी उनले आयोगले निर्णय नसच्याएसम्म संघर्षका कार्यक्रमहरु पार्टीले जारी राख्ने समेत जनाए ।

राप्रपा प्रारम्भदेखि नै निर्वाचनको पक्षमा दृढ भएर उभिएको बताउँदै भने,‘हामी निर्वाचनमा जान्छौं।’ त्यस्तै उनले राप्रपा सरकारबाट बाहिरिने वा के गर्ने भन्नेबारे भोलि बस्ने पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्