Logo

मधेस केन्द्रित दलद्वारा संसद बैठक बहिष्कार



काठमाडौँ, ७ वैशाख । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले सम्बोधन गर्न नचाहेको र अधिकार दिन नचाहेको भन्दै गुनासो गरे ।

संविधान निर्माणको क्रमदेखि नै आफूहरुले उठाउँदै आएका मागमाथि पटक पटक धोका भएको र सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव अपूर्ण रहेको उनले बताए ।

उनको सो धारणालगत्तै मधेस केन्द्रित दलका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले सरकारबाट यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा राजनीतिक समस्या समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह सबैसँग गरे । यसरी आग्रह गर्नेमा शिवचन्द्र चौधरी, सकलदेव सुतियार थिए ।



प्रतिक्रिया दिनुहोस्