Logo

राजपामा झाको पार्टी पनि थपियो, ६ पार्टीवीच एकता



काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित दलहरुको एकतामा नेपाल सद्भावना पार्टी पनि थपिएको छ ।

बिहीबार काठमाडौंको अमृत भोग पार्टी प्यालेसमा ५ पार्टीको एकता घोषणा सभा चलिरहेका बेला नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा पुगेका थिए । झाले पार्टी एकता सहमतिमा हस्ताक्षर गरेका छन् ।

एकतामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी छन् ।



प्रतिक्रिया दिनुहोस्