Logo

राष्ट्रिय जनता पार्टी एक महिना अघि नै निर्वाचन आयोगमा दर्ता, तर अर्कैको नाममा



काठमाडौं ८ बैशाख ।
छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ । नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ । मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले कान्तिपुरसँग कुरा गर्दै त्यस्तो दाबी गरे ।

‘त्यस्तो दल छैन, भएको भए पनि सायद दर्ता खारेज भइसक्यो होला, हामीले हेरेरै लिएका हौं,’ उनले भने । तर एक महिनामात्रै अघि दर्ता भएको दल कसरी खारेजीमा पर्‍यो, यसबारे चाहि उनले केही जवाफ दिन सकेनन् ।

अध्यक्ष मण्डलका एक राजकिशोर यादवले भने,’हामीलाई यो नाम भएको थाहा थिएन । भोली हामी वकिल लिएर निर्वाचन आयोग जान्छौ र यो कुरा टुंग्याउँछौं । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्