Logo

स्थानिय चुनावमा सेनालाई ब्यारेकबाट निकालिने



काठमाडौं ८ बैशाख । स्थानिय तहको चुनावी सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने सरकारले निर्णय गरेको छ । सेनालाई अन्तिम घेरामा राखेर परिचालन गर्ने विषयमा निर्णय भइसकेको रक्षामन्त्री बालकृष्ण खाणले जानकारी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग् कुराकानी गर्दै उनले स्थानिय तहको निर्वाचन क्रममा अन्तिमको घेरामा सुरक्षा कबजका रुपमा सेनालाई खटाइने बताए ।

संवेदनशील स्थानमा भने पहिलो घेरामा रहने गरि सेना परिचालन गर्ने तयारी सरकारको छ । मन्त्रिपरिषद्ले स्थानिय चुनावमा सेना परिचालन गर्ने निर्णय गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा प्रस्ताव पठाउने रक्षामन्त्री खाणले बताए । ‘स्थानिय तहको सुरक्षामा सेना पनि खटाइने छ’ उनले भने, अन्तिमको सुरक्षा घेरामा सेना रहनेछ, त्यसभित्र शसस्त्र र पहिलो घेरामा जनपद पहरी राखिनेछ । ’ सेना पनि खटिन तयार रहेको नले बताए ।

सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकलसेना परिचालन गर्ने निर्णय गरिसकेको छ सुरक्षा योजनामा सेनाले पैदल, गस्ती, हवाइ गस्ती, गाडी मोबाइलको जिम्मेवारी दिने तयारी रहेको छ । प्रतिवेदनमा प्रत्येक निर्वाचन क्षेत्रमा सेनाको १, १ वटा बेस क्याम्प खडा गरी विषम परिस्थितिमा परिचालन गर्नुपर्ने, विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान, कारागार महत्वपूर्ण पुल, कल्भर्टजस्ता स्थानमा पिकेट मोबाइल ड्युटी मिलाउनुपर्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्