Logo

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किदै



काठमाडौं ८ बैशाख ।  भारत भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । भारतको पाँचदिने राजकीय भ्रमणमा जानु भएका भण्डारी आज साँझ ७ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको छ । भारतमा रहँदा उहाँले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चतहका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।

हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी दिल्ली हुँदै काठमाण्डु आईपुग्नुहुनेछ । उडिसाको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र राज्यका गर्भनर एस.सि जामिरले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो । औपचारीक भ्रमण सकाएर राष्ट्रपति भण्डारीले गुजरात र उडिसाका विभिन्न मन्दिरमा पुजा अर्चना गर्नुभएको हो । आज दिने निर्णय भएको सार्वजनिक विदा कटौती भएको छ ।



प्रतिक्रिया दिनुहोस्