Logo

बालुवाटारमा निर्णायक छलफल, मधेसीदल एकीकरणपछिको पहिलो वार्ता



काठमाडौं ८ बैशाख । सरकारले मधेसी मोर्चासँग निर्णायक वार्ता गर्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आन्दोलनरत मधेशकेन्द्रित दललाई वार्ताका लागि बोलाएा छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान ८ बजेका लागि बोलाइएको वार्तामा संविधान संशोधन र स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।संविधान संशोधनको नयाँ विधेयक अस्विकार गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको मोर्चालाई प्रधानमन्त्री अहिले बिहान साढे ८ बजे वार्ताका लागि बोलाभएका हुन् ।  सत्ता साझेदार दल तथा प्रमुख प्रतिपक्षी एमालेबाट मोर्चा सहमतिमा आउने भए दुई चरणमा चुनाव गराउन सहयोग गर्ने बताएपछि प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्न लागेका हुन् ।

मधेसी मोर्चामा रहेका ६ दलबीच एकीकरण भएपछि बनेको राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी गरी तीन शक्तिमात्र आगामी दिनमा मोर्चामा रहनेछन् । राजपा नेता राजेन्द्र महतोले तराई–मधेसको निर्वचानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाउनु भएपनि संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने आफुहरुको अडान कायमै रहेको बताए । उहाँले आजको बैठकमा सोही अनुसार प्रस्तुत हुने तयारी भएको जानकारी दिए । सरकारले गत चैत २९ गते संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्