Logo

निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता हुन्न’



 

बनेपा, ८ वैशाख । गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने बताउनुभएको छ ।

धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहसचिव रेग्मीले कानुनी अडचन बाहेकका सबै मापदण्ड अपनाएर सुरक्षा फौज परिचालन गरिने बताउनुभयो ।

सुरक्षा प्रबन्ध मिलाउन, निर्वाचनमा राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न तथा कानुनी व्यवस्थालाई फितलो हुन नदिन र आफ्नो कार्यभार पूरा गर्न सहभागी सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

सरकारले सुम्पेको काम पूरा गर्न उच्च मनोवलका साथ राष्ट्रिय भावनाबाट ओतप्रोत भएर काम गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले वैशाख ३१ गतै नै स्थानीय तहको निर्वाचान गर्नका लागि सुरक्षा खाका प्रस्तुत गरिसकेको जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले सुरक्षा प्रणालीलाई तल्लो तहमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । भयरहित र त्रुटिरहित निर्र्वाचन सुरक्षा निकायका लागि चुनौतीपूर्ण भएको उहाँको भनाइ थियो ।

गोष्ठीमा मध्यमाञ्चल क्षेत्रका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्