Logo

ओलीको दाबी :‘वडा, गाउँ, नगर महानगरपालिका सबैमा एमालेले जित्ने छ’



काठमाडौं, ८ बैशाख। । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल एमालेमय बनाउने बताएका छन्। उनले एमालेमय नेपाल बनाउने सुरुवात स्ववियु चुनावबाट भएको बताए।

शुक्रबार बालकोस्थित ओली निवासमा पुगेका पिपुल्स क्याम्पसका नवनिर्वा्चित विद्यार्थी नेतृत्वलाई शुभकामना दिदै ओलीले भने ‘विद्यार्थीबाट विजयको सुरुवात भएको छ, यो जारी रहन्छ र ७४ साल एमालेमय हुन्छ।’

ओलीको भनाई थियो–‘विद्यार्थी छोयो त्यहीबाट, युवा छोयो त्यहीबाट, अर्को छोयत्त त्यहीबाट एमालेले जित्ने छ।’ एनले थपे ‘वडा, गाउँ, नगर महानगरपालिका सबैमा एमालेले जित्ने छ।’
नेपाली कांग्रेस र माओवादी मिल्ने र एमालेलाई हराउने भय नपाल्न उनले एमालेजनलाई आग्रह गरे। ‘उनीहरु मिल्छन् भनेर हामी आत्तिनुपर्ने छैन, हामी जनताको बीचमा सहि कुरा लिएर जानुपर्छ।’ उनले थपे ‘लड्ने हो, नलडी फस्ट कोही हुन्छ? लड्नै पर्छ, लडेर जितेपछि स्वर्ण पदक पाइन्छ।’



प्रतिक्रिया दिनुहोस्