Logo

अमेरिकी पूर्वराष्ट्रपति बुश अस्वस्थ, अझै अस्पतालमा



हाउस्टन (टेक्सास), ८ बैशाख । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना गरिनु भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ ।

उहाँको स्वास्थ स्थितिको जानकारी लिन उहाँकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्नु भएको थियो ।

९२ बर्षिय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पु¥याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उहाँलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।

बयोबृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उहाँको स्वास्थस्थितिमा क्रमिक सुधार आई हिजो बिहीबारसम्म स्थिर रहेको थियो ।

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हाल्नु भएको थियो । रासस /एपी



प्रतिक्रिया दिनुहोस्