Logo

अध्यक्ष थापाद्धारा तयार घोषणापत्र परिमाजर्नसहित पारित



काठमाडौं, ८ वैशाख । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले अध्यक्ष कमल थापाबाट प्रस्तुत पार्टीको घोषणापत्रलाई परिमार्जनसहित पारित गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष थापाको अध्यक्षतामा बसेको कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यसम्पादन समितिसमेत गठन गरेको छ ।

पार्टीको घोषणा पत्र वैशाख ११ एक समारोहका बीच सार्वजनिक गरिने प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष थापाकै अध्यक्षतामा गठित कार्यसम्पादन समितिमा लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर ज.ब.रा., दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ्ग, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, धुव्र बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा, जयन्त चन्द, सुनिल बहादुर थापा, नवराज सुवेदी, बालाराम घर्तिमगर र हरि बहादुर बस्नेत सदस्य रहेका छन् ।

बैठकले वैशाख ३१ गते हुने ऐतिहासिक स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सवैको सहभागिता हुनु पर्नेमा जोड दिदैं आन्दोलनरत मधेश केन्द्रीत दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दललाई आह्वान गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्