Logo

प्रचण्डले तयार गरे यस्तो प्रस्ताव, मोर्चा सहमत हुने दाबी



काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सहमतिमा ल्याउनेगरि नयाँ प्रस्ताव तयार पारेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र मधेशी मोर्चावीच भएको छलफपछि बसेको सत्तारुढ दलको बैठकमा यस्तो प्रस्ताव अघि सारेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनका अनुसार प्रधानमन्त्री दाहालले मोर्चाले भनेजस्तै नागरिकता, भाषामा संशोधन प्रस्तावमाथि परिमार्जन गरेर अघि बढ्ने तयारी गरेका छन् । जसमा मोर्चाका शीर्ष नेताहरु पनि सहमत देखिएको उनले दाबी गरे ।

त्यस्तै सिमांकन हेरफेरको लागि उच्चस्तरीय आयोग बनाउने नयाँ प्रस्तावमा उल्लेख गरिएको छ । आयोगमा मोर्चाले सिफारिश गरेको मान्छे राख्ने र तीन महिनाभित्रै सबै विवाद समाधान गर्ने बुझिएको छ।

त्यस्तै स्थाीय तहको निर्वाचनलाई लक्षित गरेर स्थानीय तहको संख्या बढाउने पनि सत्तारुढ दलको निर्णय रहेको छ । अब तराई मधेशका दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या ३० थपिने भएको छ ।

प्रधामन्त्री दाहालको नयाँ प्रस्तावलाई अन्तिम रुप दिनको लागि अहिले बालुवाटारमा सत्तारुढ दलको बैठक बसेको छ ।



प्रतिक्रिया दिनुहोस्