Logo

हिरो रिटन्र्सको टिजर सार्वजनिक (भिडियोसहित)



काठमाडौं, बैशाख । नायक सविन श्रेष्ठको प्रस्तुती फिल्म ‘हिरो रिटन्र्स’को टिजर रिलिज भएको छ ।

दर्शकलाई नयाँ बर्षको शुभकामना स्वरुप फिल्मको टिजर रिलिज गरिएको सविनले बताए । सार्वजनिक टिजरमा एक्सनलाई महत्व दिइएको छ ।

नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रमा सरोज खनाललाई खलनायकको भूमिकामा देख्न पाईने भएको छ।

आशिष भेटवालले निर्देशन गरेको फिल्ममा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् ।



प्रतिक्रिया दिनुहोस्