Logo

एमालेले तारकेश्वरमा विकासलाई उठाउदै



काठमाडौं, ८ बैशाख । यही वैशाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको मिति जति नजिकिदैछ, त्यति नै त्यससम्वन्धी वहस पनि चुलिदै गएको छ । हिमाल, पहाड, तराई जतततै चुनावको सरगर्मी ह्वात्तै बढेको छ ।

सहरदेखि गाउँसम्मका नेता–कार्यकर्तामात्रै होइन, सर्वसाधारण जनतालाई पनि चुनावी माहोलले झपक्कै छोपेको छ । र त कहाँ, कसलाई अनि कुन तहको उम्मेद्वार बनाउने भनेर सवैजसो राजनीतिक दल आन्तरिक जोडघटाउमा व्यस्त छन् ।

तर, यस मामिलामा नेकपा एमाले भने अग्रणी देखिएको छ । उसले धेरैजसो स्थानमा आफ्ना उम्मेद्वार छनोट गरिसकेको छ । यसैक्रममा एमालेले काठमाडौंको तारकेश्वर नगरपालिका– १० मा पनि भरपर्दो र आकांक्षीको सूची तयार पारेको छ ।

स्रोतका अनुसार, १० नं. वडा अध्यक्षमा विकास थापा, प्रमोद थापा, मीना थापा र लव बोगटीले दावी गरे पनि विकासको नाम प्राथमिकतामा परेको छ । स्थानीय जनता सवैले रुचाएका तथा बहुआयमिक व्यक्ति भएकाले पार्टीले पनि उहाँलाई १ नम्वरको सूचीमा राखेको हो । विकासले एमालेको युवा संघ केन्द्रीय विभागको सदस्य एवं अन्य थुप्रै निकायमा रहेर जिम्मेवारीपूर्वक काम गर्दैआउनु भएको छ ।

यतिमात्रै होइन, उहाँ नेपाल–जापान नान्वुकाई सितेरियो एसोसियसनको बरिष्ठ उपाध्यक्ष, घोडाघोडी यातायात प्रा.लि. को अध्यक्ष तथा एक्सिलेन्ट ड्राइभिङ इष्टिच्युटको अध्यक्षसमेत हुनुहुन्छ ।

त्यसैगरी दर्जनभन्दा बढी यातायात संघ–संगठनमा आवद्ध रहेर उहाँले धेरैलाई रोजगारी दिनुभएको छ भने तारकेश्वर नगरपालिका त्यसमा पनि विशेष गरी वडा नं. १० मा अनगिन्ती समाजसेवा गर्नुभएको छ ।

र त यसपटकको स्थानीय निकायको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीमा युवा तथा जुझारु व्यक्तित्व विकासको नाम जताततै चर्चा हुँदा स्थानीय वासिन्दा हर्षित छन् ।



प्रतिक्रिया दिनुहोस्