Logo

‘आयो आयो माओवादी गीति एल्बम विमोचित’



प्रचण्डका राम्रा कामहरु नातिनीद्धारा गीतमार्फत जनतामा

काठमाडौं, ८ बैशाख । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा  ई. अनन्तराज घिमिरेको ‘आयो आयो माओवादी’ नामक गिती एल्बम विमोचन भएको छ ।  एल्बम सञ्चारमन्त्री सुरेन्द्र कार्की र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा उक्त एल्बमकी गायिका स्मिता दाहालले सरकारले गरेका राम्रा कामहरुलाई आफूहरुले गीतमार्फत जनतामा पस्किएको बताईन् । उनले भनिन्,‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरेका राम्रा कामहरुलाई गीतमार्फत जनतामा ल्याईएको छ, यो एल्बममा स्वर भर्न पाएकोमा म निकै खुशी छ, सुनेर र हेरेर मन पराईदिनुहुनेछ भन्ने आशा छ ।’

 

कार्यक्रममा एल्बमका निर्माता घिमिरले माओवादीले गरेका राम्रा कामहरुलाई गीतमार्फत सर्वसाधरण जनताले बुझ्नेगरि प्रस्तुत गरिएको स्पष्ट पारे । उनले भने,‘यो एल्बमलाई मनपराईदिनुहुनेछ भन्ने हाम्रो आशा छ।’

उक्त एल्बम ब्लु आईज ईन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको हो । एल्बमा दुई वटा गीतहरु समावेश गरिएका छन् । सँगीत बि.बि अनुरागीको रहेको छ भने स्वर स्मिता दाहालको रहेको छ । गीतको शब्द राजेश्वरी सुवेदी र मिलन अधिकारीको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्