Logo

स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने फोरम नेपालको निर्णय



बाबुरामको पार्टीसँग तत्काल एकता नहुने
काठमाडौं, ८ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । संविधान संशोधन नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने र निर्वाचनको देशभरि नै भद्र अवेज्ञा गर्ने बैठकले निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले ऋषि धमलासँग बताए ।
उनले भने,‘हाम्रो पार्टी निर्वाचनमा भाग लिँदैन्, बरु हामी निर्वाचनको भद्र अवेज्ञा गर्छौं ।’ त्यस्तै चुनाव अघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकता नहुने भएको छ । स्थानीय तहको चुनाव बहिस्कार गर्ने कि उपयोग भन्ने विषयमा भट्टरार्ई र यादववीच मतभेद देखिएको छ । यही कार्यनीतिक मतभेदका कारण स्थानीय चुनावअघि दुई पार्टीवीच एकता नहुने भएको छ ।

तर आजमात्रै नयाँ शक्तिको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तहको चुनावमा सहभागी हुने र दलीय चुनाव चिन्हका लागि संघर्षमा लगाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्