Logo

परिमार्जनसहित संशोधन प्रस्ताव अघि बढाउने सहमति



सत्तारुढ दल र मधेशी मोर्चाको बैठक सम्पन्न, 
काठमाडौं, ८ बैशाख । सत्तारुढ दल र मधेशी मोर्चावीच भएको छलफल सहमति समनिकट पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठक भोलि दिउँसो २ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिए ।

त्यस्तै सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धन निर्वाचनमा आउने वातावरण बने दुई चरणमा समेत निर्वाचन गर्न सकिने लचकता प्रस्तुत गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु चुनावमा जानको लागि तयारी अवस्थामा रहको बताउँदै भने,‘हामी निर्वाचनमा जान चाहन्छौं, तर हाम्रा माँगहरु पूरा हुनुपर्यो नि, संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउनुपर्यो, यसो भयो भने मोर्चा र गठबन्धन पनि चुनावमा जाने वातावरण मिल्छ ।’ त्यस्तै उनले निर्वाचन केही पर सार्नको लागि पनि आफूहरुले सत्तारुढ दलसँग आग्रह गरेको बताए ।

स्थानीय तहको निर्वाचनको भद्र अवेज्ञा गर्ने फोरम नेपालको निर्णय



प्रतिक्रिया दिनुहोस्