Logo

‘अग्नितारा पत्रकारिता पुरस्कार’ विष्टलाई



काठमाडौँ, ८ वैशाख । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला शाखाले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

काठमाडौँ शाखाको १० औँ अधिवेशनको यहाँ आज उद्घाटन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ‘अग्नितारा पत्रकारिता पुरस्कार’ पत्रकार गगन विष्टलाई प्रदान गर्नुभयो ।

शाखाले ‘स्व डम्बर गिरी पत्रकारिता पुरस्कार’ पत्रकार तेजेन्द्रकुमार प्रसार्इं, ‘स्व अशोक श्रेष्ठ पत्रकारिता पुरस्कार’ पत्रकार करूण अर्याल, ‘शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार’ धनबहादुर मगर र ‘वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार’ प्रह्लाद रिजाललाई प्रदान गरेको छ ।

त्यसैगरी ‘स्व यशोधा स्मृति पत्रकारिता पुरस्कार’ पवन थापा, ‘शोभा शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उषा लोहनी र ‘विशाल खत्री स्मृति पत्रकारिता पुरस्कार’ विष्णु प्रसाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।

काठमाडौँ, शाखाले लामो समयदेखि बिरामी पर्नुुभएका पत्रकार मुरारी गौतम, विके पाल्पाली, रामचन्द्र हुमागार्इं, विजय विस्पोट, गोविन्दसिंह थापा र चक्रपाणि नेपाललाई जनही रु सात–सात हजार आर्थिक सहयोग गरेको छ ।

सोही अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले सञ्चारमाध्यम मुलुक परिवर्तनका संवाहक भएको हुँदा राज्यले उनीहरूको पेसागत सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सदस्यता वितरणमा ढिलाइ नियत नभएर प्राविधिक कठिनाइ भएको प्रष्ट पार्नुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाललगायतले साना लगानीका मिडियालाई सधैँभरि बचाइराख्न काठमाडौँ शाखाको महत्पूर्ण भूमिका हुुनुपर्ने धारणा राख्नुभयो ।

शनिबारसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्