Logo

मधेसी मोर्चा निर्वाचनमा जान सकारात्मक



काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सत्तारुढ दल र मोर्चामा आबद्ध छ दलबीचको बैठकमा सोसम्बन्धी समझदारी भएको हो । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रस्तावमा केही कुरा परिमार्जन गर्नुपर्ने, संविधान संशोधन पारित गर्ने र सबैले चुनावमा भाग लिने कुरा उठेको बताउँदै निर्वाचन दुई चरणमा गर्ने वा एकै पटक गर्ने भन्ने विषयमा भने शनिबार छलफल हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्ने र सबैले निर्वाचनमा भाग लिने विषयमा छलफल भएको थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचनमा आफूहरु जान चाहेको स्पष्ट गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउनुभयो ।

नेता श्रेष्ठले भन्नुभयो, “संविधान संशोधनसहित परिमार्र्जन गर्ने लगायत हाम्रा मागमा राजनीतिक सहमति गरी निर्वाचनको समय केही समय सार्नुप¥यो, हामी निर्वाचनमा जान चाहन्छौँ, त्यसका लागि वातावरण बनाउनुप¥यो ।” सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार अपराह्न २ः०० बजे पुनः बैठक बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्