Logo

निर्वाचन आयोगमा कसरी दर्ता हुन्छ राजपा ?



काठमाडौं ९ बैशाख । ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको खबर आजको नागरिकमा छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको जानकरी गराएका छन् ।

आयोगमा यसअघि नै राजपा नामको दर्ता भइसकेको छ ।त्यसैले आयोगमा नयाँ पार्टीका रुपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् । पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको छ राजपाका नेता मनीष सुमनले भने ।



प्रतिक्रिया दिनुहोस्