Logo

मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा



विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा मन्त्री थापाले सिमांकन, नागरिकता, भाषा, राष्ट्रिय सभाको गठन, विधि तथा परिमार्जनका बारेमा सरकार र मोर्चाबीच सकारात्मक छलफल भइरहेको बताएका हुन्।

राप्रपा अध्यक्ष समेत रहेका थापाले एक दुई दिनमै मोर्चासँग सहमति हुने दाबी समेत गरे । उनले स्थानीय तहको संख्या थप्ने विषयमा सहमति जुटे निर्वाचन दुई चरणमा गरिने पनि जानकारी दिए । स्थानीय तहको संख्या थपघट नभए बैशाख ३१ गते एकै चरणमा निर्बाचन हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्