Logo

कार्यदलको बैठक सम्पन्न, धेरै विषयमा सहमति भएको दाबी



काठमाडौं, ९ बैशाख । सत्तारुढ दल, राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन सम्मिलत कार्यदलको आज विहान बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति सार्ने र स्थानीय तहको संख्या बढाउनेबारे मोटामोटी सहमति गरेको छ ।

शनिबार विहान बसेको कार्यदलको ४ घण्टा लामो छलफलपछि मोटामोटी सहमति भएको छ । कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘अहिले मोटामोटी सहमति बनेको छ, बाँकी केही विषयहरु अब शीर्ष नेताले टुँगो लगाउनुहुनेछ ।’

कार्यदलले बैशाख ३१ गतेको निर्वाचनलाई केही समय पछि सार्ने सहमति समेत गरेको छ । त्यस्तै सरकारले हालै ल्याएको संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्नेबारे पनि सहमति गरेको एक नेताले बताए ।

नव गठित कार्यदलमा कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् । कार्यदलले आज विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्