Logo

धनगढी टिम चौराहा (डिपीएल) को च्याम्पियन्स बन्यो



धनगढी, ९  बैशाख । सुशन भरीको घातक बलिङ र आरिफ शेखको विस्फोटक ब्याटिङको मद्दतले विराटनगर किङ्गस्लाई ६८ रनले हराउँदै धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधि हात पारेको छ ।

फाइनलमा धनगढीले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १८.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । धनगढीको ब्याटिङक्रम ध्वस्त बनाउने क्रममा भरीले ४ ओभरमा १ मेडेनसहित १८ रन खर्चेर ३ विकेट लिए भने सौरभ खनाल र शेखले २-२ विकेट लिएका थिए ।

अमित श्रेष्ठले २६ रन बनाउँदै विराटनगरलाई राम्रो शुरुवात दिए पनि अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्