Logo

बालुवाटार बैठक सहमति गरेरमात्रै टुँग्गिने, आजै हस्ताक्षर हुने



काठमाडौं, ९ बैशाख । सत्तारुढ दल र मधेशी मोर्चावीच आज सहमति हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक आज सहमति गरेरमात्रै टुँगोमा पूग्ने भएको छ ।

बैठक स्थलत बालुवाटारमा रहेका पत्रकार ऋषि धमलाका अनुसार आज बैठक सहमतिको निर्णयमा पूग्नेगरि नै शीर्ष नेताहरु सामूहिक र छुट्टाछुट्टै छलफलमा जुटिरहेका छन् ।

पत्रकार धमलाका अनुसार आजको बैठक सकारात्मक र परिणाम निकाल्नेगरि भैरहेको छ । सरकारले मोर्चाले भनेजस्तैगरि संसदमा दर्ता भएको संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्ने करिब करिब सहमति भएको एक नेताले जानकारी दिए । त्यस्तै दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन र दुई चरणमा निर्वाचन गर्न सत्तारुढ दल यसअघि नै सहमत भैसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्