Logo

संशोधन प्रस्ताव पारित नभएसम्म आन्दोलन स्थगित् हुँदैन : यादव



काठमाडौं, ९ बैशाख । सत्तारुढ दल र मधेशी मोर्चावीच जारी बैठक सहमतिको समनिकट पुगेको छ ।

तर बैठकमा मोर्चाका तर्फबाट शीर्ष नेताद्धय उपेन्द्र यादव र महन्थ ठाकुर उपस्थिति छैनन् । सत्तारुढ दलले मोर्चालाई आन्दोलन स्थगित् गर्नको लागि आग्रह गरेको छ । तर मोर्चाका संयोजक यादवले अहिले आन्दोलन स्थगित् नगर्ने स्पष्ट पारेका छन् । उनले आफनो पार्टीका नेता लालबाबु राउतमार्फत सरकारलाई यस्तो प्रतिक्रिया दिएका छन् ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“हामी आन्दोलन स्थगित् गराउँदैनौं, संशोधन प्रस्ताव पारित गराउनुहोस् । चुनावको मिति एक महिना पछि सार्दा केही फरक पर्दैन्, हामीलाई पनि त तयारीको लागि समय चाहियो । ”

मोर्चा नेता लालबहादुर राउत र बृजेशचन्द्र लालले जनकपुरमा रहेका आफ्ना नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवसँग टेलिफोन परामर्श लिइरहेको बैठकमा सहभागी नेताले बताएका छन् ।

शुक्रबार राति यी बिषयमा दुवै पक्षबीच सझदारी बनेपछि आज टुंगोमा पुग्ने गरी वार्ता बसेको हो । त्तारुढ दल र मधेशी मोर्चावीच आज सहमति हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक आज सहमति गरेरमात्रै टुँगोमा पूग्ने भएको छ ।

बैठक स्थलत बालुवाटारमा रहेका पत्रकार ऋषि धमलाका अनुसार आज बैठक सहमतिको निर्णयमा पूग्नेगरि नै शीर्ष नेताहरु सामूहिक र छुट्टाछुट्टै छलफलमा जुटिरहेका छन् ।

पत्रकार धमलाका अनुसार आजको बैठक सकारात्मक र परिणाम निकाल्नेगरि भैरहेको छ । सरकारले मोर्चाले भनेजस्तैगरि संसदमा दर्ता भएको संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्ने करिब करिब सहमति भएको एक नेताले जानकारी दिए । त्यस्तै दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन र दुई चरणमा निर्वाचन गर्न सत्तारुढ दल यसअघि नै सहमत भैसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्