Logo

बुँदागत पढ्नुहोस् सरकार–मोर्चा सहमति



काठमाडौं १० बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ । मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही मागलाई सम्बोधन गर्ने सहमति गरेको छ । आज सरकार र मोर्चाबीच भएका सहमति बुँदागतरुपमा पढ्नुहोस् ।

-बैशाख ३१ गतेको लागि घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गरिने ।
-पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने ।
-बाँकी प्रदेशमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने ।
-सरकारले मोर्चासँग आज भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पास गराउने । भोली बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय लिदै संसदमा दर्ता गर्ने ।
-तराईका केही जिल्लामा स्थानीय निकायको संख्या थपिने । निर्वाचन आयोगसग त्यसबारे परामर्श गरिने ।
-स्थानीय निकायको संख्या स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार हुने ।
-प्रदेश सिमांकनको बिषय संघीय आयोगको प्रतिवेदनअनुसार हुने ।
-भाषा आयोगको प्रतिवेदनअनुसार संविधानको अनुसुचीमा राष्ट्रिय भाषा थपिने ।
-मोर्चाले घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम