Logo

यस्तो छ नेपालमा स्थानीय निकायको निर्वाचनको इतिहास



काठमाडौं १० बैशाख । पञ्चायतकाल र २०४६ को राजनीतिक परिवर्तनपछि भएको सबकै स्थानीय निर्वाचन दुइृ वा त्यो भन्दा बढी चरणमा भएका छन् । २०३९ मा ४,०२२ गाउँ पञ्चायत र २९ नगरपालिकाका लागि बैशाख २८ गते र ३१ गते तथा जेठ ३ र ४ गते गरी चार चरणमा निर्वाचन भएको थियो ।

२०४३ मा चैत ७ र १० गते दुइृ चरणमा निर्वाचन भएको थियो । त्यतिखेर ४,०१५ गाउँ पञ्चायत र ३३ नगर पञ्चायत थिए । बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४९मा ३,९९५ गाविस र ३६ नगारपालिकाको निर्वाचन जेठ १५ र १८ मा भएको थियो । त्यतिखेर दोस्रो चरणमा १,९६५ गाविस र २५ नगारपालिकामा भएको थियो । त्यसबेला एकै जिल्लामा पनि दुइृ चरणको निर्वाचन भयो ।

२०५४ मा ५८ नगरपालिका र ३,९१३ गाविसको निर्वाचन जेठ ४ र १३ मा भएको थियो । त्यतिबेला विकास क्षेत्रअनुसार निर्वाचनको मिति तोकिएको थियो । अहिले २० बर्षपछि हुन लागेको ४८१ गाउँपालिका र २६३ नगरपालिका (संख्या घटबढ हुन सक्ने) मा प्रदेश नम्बर ३, ४, ५ र ७ मा जेठ ३१ मा चुनाव गराइनेछ । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्