Logo

७ दिनमा संसोधन प्रस्ताव पारित गरिने



काठमाडौं १० बैशाख । सरकारले मधेसी दलहरुको सहमति अनुसार संविधान संसोधन प्रक्रिया अगाडी बढाउने भएको छ । सरकारले मन्त्रिपरिषद्बाट आज सहमतिलाई संसोधनका रुपमा नै अघि बढाउने छ । मन्त्रिपरिषद बिहान ११ बजे बोलाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हिजो भएो ‘तीन बुँदामा सहमतिलाई प्रक्रियाका रुपमा आज अगाडी बढाउने बताए । उनका अनुसार सातदिनमा संसोधन सक्नेगरि प्रक्रिया अगाडी बढ्ने छ । मन्त्रिपरिषदको बैठक पछि दुईपक्षीय सहमति पत्रमा हस्ताक्षर पनि हुनेछ । आजको मन्त्रिपरिषद बैठकले चुनावको मितिका विषयमा पनि निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्