Logo

मन्त्रिपरिषद बैठक जारी, आजै संशोधन प्रस्ताव परिमार्जनसहित अनुमोदन गराउने



काठमाडौं, १० बैशाख । मन्त्रिपरिषदको बैठक सुरु भएको छ। मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग हिजो भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक एक घन्टा ढिला गरी सुरु भएको हो।

आईतबारको बैठकमा यसअघि अनुपस्थित रहँदै आएका उपप्रधानमन्त्री विमलेन्द्र निधि पनि उपस्थित रहेको एक मन्त्रीले जानकारी दिए । सरकारले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग शनिबार साँझ भएको सहमतिअनुसार संशोधन विधेयकलाई परिमार्जन गरेर फास्ट ट्र्याकबाट अघि बढाउने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्