Logo

प्रधानमन्त्री दाहाल र महतोवीच फोनवार्ता, मोर्चाले चुनावी प्रक्रिया भोलिबाट सुरु गर्ने



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोवीच टेलिफोनबार्ता भएको छ ।

शनिबार साँझ सरकार, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालवीच सहमति भएपछि आज विहान प्रधानमन्त्री दाहालले चुनावको तयारीमा होमिनको लागि नेता महतोसँग आग्रह गरेका हुन् । प्रधानमन्त्री दाहालले निर्वाचनमा होमिनको लागि निर्वाचन आयोगसँग सरसल्लाह गरेर चुनाव चिन्हदेखि अन्य कुराहरु समेत टुँगो लगाउन आग्रह गरेका थिए ।

जवाफमा नेता महतोले भोलि समोमबार आयोगमा गएर सबै कुराको टुँगो लगाउने जानकारी दिए । त्यस्तै महतोले आज दिउँसोसम्म पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आईपुग्ने जानकारी गराउँदै मोर्चाले आजै आन्दोलनका कार्यक्रमहरु स्थगित् गर्ने समेत जानाकारी दिए ।



प्रतिक्रिया दिनुहोस्