Logo

श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ लोकार्पण



काठमाडौँ, १० वैशाख । युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ शनिबार यहाँ लोकार्पण भएको छ ।

वरिष्ठ साहित्यकार तुलसी दिवसले कृति लोकार्पण गर्दै प सङ्ग्रहभित्रका कवितामा कुनै तडकभडक नगरी सुन्दर रूपमा कविता प्रस्तुत भएको बताउँदै भन्नुभयो “ कविले देश र प्रेमलाई मुख्य विषयवस्तु बनाएका छन् ।”

प्राज्ञ श्रवण मुकारुङले श्रेष्ठको लेखाइमा आफ्नोपन र स्थानीयता रहेको बताउनुभयो ।

समालोचक महेश पौड्यालले कविले बाहिरको होहल्ला र सामयिक राजनीतिभन्दा पनि आफ्नै निजी अनुभूतिका आधारमा जीवन र जगत्को चित्रण गर्ने प्रयास गरेको टिप्पणी गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्