Logo

विश्वकै सर्वोत्कृष्ट खेलाडी मेसी र रोनाल्डोबीच आज राति भीडन्त



काठमाडौं, १० बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज मध्यराति बहुप्रतिपक्षित भीडन्त हुँदैछ ।

यो महत्वपूर्ण किन पनि छ भने, यो इएल क्लासिको हो । विश्वकै दुई चर्चित फुटबल क्लबबीचको भीडन्त भएकोले पनि यो निकै महत्वपूर्ण मानिएको छ ।
स्पिानिस जायन्ट क्लबद्धय रयल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ ।

यो खेल विश्व फुटबलमा निकै महत्वपूर्ण र चासोको खेल बन्छ । ला लिगा अन्तर्गत यो सिजनको अन्तिम इएल क्लासिको आज राति रियलको मैदान स्यान्टियागो बोर्नबाउमा हुँदैछ ।

यो खेल चर्चित क्लब मात्रै नभएर विश्वकै चर्चित खेलाडीवीचको भीडन्त पनि हो । ५ पटकका फिफा बालोन डिओर विजेता लियोनल मेसी र ४ पटकका फिफा बालोन डिओर विजेता क्रिस्टियानो रोनाल्डोवीचको पनि भीडन्त हो ।

इएल क्लासिको अन्तर्गत अहिलेसम्म सबै गरेर दुई सय ६५ खेल भएका छन् । त्यसमा रियल मड्रिड ९७ तथा बार्सिलोना १०९ खेलमा विजयी भएको छ ।
५९ खेलमा बराबरी भएको छ । ला लिगामा अहिलेसम्म १७३ वटा इएल क्लासिको भएकोमा ७२ खेलमा रियल विजयी भएको छ भने ६८ खेलमा बार्सिलोना विजयी भएको छ । यस्तै ३३ खेलमा बराबरी भएको छ । यी खेलमा रियल मड्रिडले २८२ तथा बार्सिलोनाले २७४ गोल गरेको छ ।

घरेलु मैदानमा भएका ५२ खेलमा रियल तथा ४९ खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएका १५ खेलमा रियल तथा १८ खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिड २० खेलमा तथा बार्सिलोना १९ खेलमा बार्सिलोना विजयी भएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot