Logo

मन्त्रिपरिषद बैठक छोडेर प्रचण्ड एक्कासी ओली निवासमा



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद बैठक छोडेर एक्कासी एमलो अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् । शनिबार सरकारले मधेशी मोर्चासँग नयाँ सहमति गरेसँगै त्यसलाई क्याबिनेटबाट अनुमोदन गराउनुपर्ने भएकोले आज बैठक डाकिएको थियो । तर, बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दलसँग पनि सहमति जुटाउनको लागि प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल दुई चरणमा निर्वाचन गर्ने सत्तारुढ दल र मधेसी मोर्चाबीचको सहमतिको खवर लिएर भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

शनिवार साँझ वालुवाटारमा भएको ‘सहमति’ले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने तथा प्रस्तावित संविधान संशोधनमा राष्ट्रहित विपरितका पुरानै प्रावधान अघि सारेपछि एमालेले शालीन तर गम्भीर असहमति ब्यक्त गरेको छ । अहिले दुई नेताबीच कुराकानी जारी छ ।

मोर्चासँग नयाँ सहमति भएसँगै निर्वाचन पनि दुई चरणमा गराउने र अहिले ल्याईएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराउने निर्णय सरकारले गरिसकेको छ । निर्वाचन दुई चरणमा गर्ने भनेर सरकारले मिति पनि सिफारिश गरिसकेको छ । दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकिएको छ । यो

मिति निर्वाचन आयोगसँगको परामर्शमै तय गरिएको एक नेताले जानकारी दिएका छन् । त्यत्सै प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आज आईतबार विहानमात्रै निर्वाचन आयुक्तहरुसँग समेत छलफल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्